चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

चीनको अनुदानमा नेपाल ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेकी हुन्।

शुक्रबार र शनिबार चीनबाट स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो । चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन्।

हतान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गरे।

त्यसैगरी स्वास्थ्य सामग्ररी हस्तान्तरण गर्दै राजदूत यान्छीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । नेपालको संकटमा चीन सदैव साथ रहेको भन्दै राजदूत यान्छीले आश्वस्त पारिन्।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.