वित्तीय संघसंस्था सञ्चालन आएपछि तानसेनमा भिडभाड, लकडाउनको पालना भएन

कृष्ण पोखरेल
तानसेन ,लामो समयको लकडाउन पछि सरकारले अत्यावश्यक सरकारी कार्यालय तथा बैक वित्तीय संस्था सहित ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेसँगै पाल्पाको सदरमुकाम तानसेनमा चहल पहल बढेको छ । चैत्र ११ गते देखि सुनसान बन्दै आएका सदरमुकाम तानसेन बजारमा मानिसको आवत जावत बढेको छ ।

सडकमा मानिसहरु ओहोर दोहोर गरेका छन् । आज तानसेनमा सबै बैक तथा वित्तीय संस्था सञ्चालनमा आएका छन् । बैक तथा वित्तिय संस्था सञ्चालनमा आएपनि तानसेनका बैकहरुमा नगद कारोवार गर्नेको भिडभाड बढेको हो । भारतीय भुतपुर्वक सैनिकहरुले पेन्सन लिन तानसेनको एसविआई बैक भिडभाड रहेको थियो । गाउँ गाउँबाट पेन्सन लिन एसवि आई बैक पाल्पामा बृद्ध बृद्धाहरुको भिडभाड रहेको छ । लकडाउन भएको ४७ दिन सम्म पैसा सकिएपछि गाउँ –गाउँबाट वृद्ध वृद्धा सवारी साधन रिजर्व गरी सदरमुकाम तानसेन आएका थिए ।

बैकमा अत्याधिक भिड बढेपछि ग्राहकहरुलाई दुरी कायम गर्न प्रहरी परिचालन गरिएको थियो । लामो समय लकडाउनको कारण काम गर्न नपाएका मजदुरहरु पनि सडक सडकमा नाम्लो बोकी हिडेका थिए । तानसेनका केही स्थानमा घर निर्माणको काम शुरु भएकाले मजदुरहरु काममा खटिएका छन । लकडाउन खुकुलो भएसँग गाउँ गाउँबाट मानिसको आवत जावत बढेपछि तानसेनवासी भने चिन्तित भएका छन् । लकडाउन भनिए पनि लकडाउनको पालना नभएको तानसनेवासीको गुनासो रहेको छ । पाल्पामा दैनिक रुपमा विहान ९ देखी ११ बजेसम्म खाद्यान्य दुधपानी जस्ता पसल खोल्ने भनिए पनि नियम पूर्वक पालना नभएको तानसेन ३ का रामबहादुर थापाले बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.