आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने

आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । यो प्रणाली कमजोर भएकाले मौसम खुल्दै गएको छ ।तर दिउँसोपछि स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् प्रधानाङगको भनाई छ । आज पहाडका धेरै र तराईका थोरै ठाउँमा पानी पर्ने पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले अहिले पनि उच्च वायुमण्डलको तापक्रम, हावाको गति दिशा, चाप, सापेक्षित आद्रताबारे जानकारी लिन बेलुन उडाइरहेको छ । रेडिएसन जडान गरेर उडाइने यो बेलुनले मौसम पुर्वानुमान गर्न सहज हुने मौसमविद्को भनाई छ ।यसलाई निरन्तरता दिन सके मौसम पूर्वानुमानमा अझै विश्वस्त हुन सकिने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । प्रविधि अभावका कारण नेपालमा नाउकास्ट अर्थात अहिलेको मौसमी अवस्थाबारे जानकारी दिन कठिन रहेको अवस्थामा देशका अरु ठाउँबाट पनि रेडिएसन जडित बेलुन उडाउन सके नाउकास्ट गर्न सहज हुने उहाँको भनाइ छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.