जिल्ला बन कार्यालय पाल्पा द्वारा जोखिमपूर्ण अवस्थामा चितुवाको उद्धार

पाल्पा , मानब र बन्यजन्तु बिचको द्वन्द्व बढिरहेको बेलामा पाल्पामा भने तारमा अल्झिएको चितुवाको उद्घार गरिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा न ३ स्थित भुवनपोखरिको छचुवामा भेटिएको बयस्क चितुवाको जिल्ला बन कार्यालय पाल्पाले उद्घार गरेको हो ।
तारमा अल्झिएर बेवारिसे बनेको चितुवालाई ४ घन्टाको निरन्तर प्रयास पछि नियन्त्रणमा लिन सफल भएका जिल्ला बन कार्यालयले जनाएको छ ।

“बयस्क अबस्थाको चितुवा ब्यबस्थापन आफैमा चुनौतीपूर्ण त थियो नै, यद्यपि वन कर्मचारीहरु, जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानिय बासिन्दाहरुको पुर्ण सहयोगको कारण मात्र चितुवाको उद्धार सम्भव भयो” बन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । वन्यजन्तु उद्धार कार्यमा पहिलोपटक जे सि बि को समेत प्रयोग गरिएको छ ।

रैनादेवी छहरा वडा नम्बर ३ का अध्यक्ष लगायत जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय, मुझुङ्ग ईलाका प्रहरी कार्यालयका, रिब्दिकोट सब डिभिजन वन कार्यालय, स्थानिय बासिन्दाहरुको सहयोगमा उद्धार कार्य सफल भएको पोखरेलले जानकारी दिनुभयो ।उद्धार गरिएको चितुवाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । चितुवा लाई डिभिजन वन कार्यालय पाल्पामा राखिएको छ । पाल्पा जिल्लामा वन्यजन्तु विशेषज्ञ डाक्टर सहितको डार्टिङ्ग टिम नहुदा उद्घार कार्य जटिल बनेको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.