ल आयो खुशीको खबर, त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’

त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले १६ जीबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

१५० रुपैयाँमा १६ जीबी डेटा ,विद्यार्थीले १५० कर सहित रु १९१.५४० रुपैयाँमा यो प्याक लिन सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समयसीमा ७ दिनको रहनेछ । मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जीबी अल टाइम डेटा ९थ्रिजी, फोरजी र २ जीबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जीबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरुमा प्रयोग गर्न सक्नेछन् ।

माइक्रोसफ्ट टिम्स्मार्फत भर्चुअल अध्ययनका लागि १० जीबी डेटा,यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिनवाआफ्ना साथीहरुसँग समुहमा रहेर अध्ययन गर्न सक्छन् । विद्यार्थीहरुले *१७१२३*२०# डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक लिन गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ ।

अनलाइन सिकाइका लागि विषेश रुपमा तयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहँदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ । यसबाहेक एनसेलका अरु विभिन्न सेवा तथा अफरहरु पनि चलिरहेका छन् ।

कम्पनीका रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जीबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सापटी रकममा थप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्न मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजिटल सेवाहरुमानिःशुल्क पहुँचजस्ता अन्य थुप्रै सेवाहरु पनि चलिरहेका छन् ।

एनसेलका सेवा तथा योजनाहरुको थप जानकारी तलको लिङ्कमार्फत पाउन सकिन्छ :
https://www.ncell.axiata.com/staysafe

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.