सन्नीको बर्थ उनका पति डेमा डेनियलले लेखे यस्तो मन छुने स्टाटस

बलिउड नायिका सन्नी लियोनीले बुधबार आफ्नो ४० औं जन्मदिन मनाएकी छिन् । उनको जन्मदिनको अवसरमा उनका पति डेनियल वेवरले लेखेका छन्–‘तिमी असल पत्नी, आमा र प्रेमिका हौं ।’डेनियलको शुभकामनाले सन्नीलाई भावूक बनायो । उनले, सामाजिक संजाल तथा विभिन्न माध्यमबाट शुभकामना दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

सन्नीले आफूलाई भाग्यमानी भनेकी छिन् । उनले एक भिडियो सार्वजनिक गर्दै भनेकी छिन्–‘म निकै नै भाग्यमानी छु, किनकी तपाइहरु सबै मेरो जीवनको एक हिस्सा हुनुहुन्छ । मलाई थाहा छ, तपाइहरु सबै मबाट टाढा हुनुहुन्छ । तर, म तपाइहरुलाई धेरै प्रेम गर्दछु । मलाई आशा छ कि, यो परिस्थितीसँग तपाइहरु सबै मुस्कानको साथ लड्नुहुनेछ र यसबाट बाहिर आउनुहुनेछ ।’

नयिका सन्नी लियोनी बलिउडमा आइटम गर्ल तथा नायिकाको रुपमा चर्चित छिन् ।‘बीग बोस’ नामक रियालिटी शोमा देखिएसँगै सन्नीको प्रवेश बलिउडमा भएको थियो । यसपछि भने उनी चलचित्र, मोडलिङ, विज्ञापन र स्टेज कार्यक्रममा व्यस्त छिन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.