समस्यामा परेका चलचित्रकर्मीलाई राज्यमन्त्री मानन्धरको साथ

काठमाण्डौ। लकडाउनका कारण समस्यामा परेका २७० जना श्रमजीवि चलचित्रकर्मी तथा न्यून आय भयका कलाकारहरु तथा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । सहरी विकास राज्यमन्त्री माननिय रामवीर मानन्धरको पहलमा शुक्रबार ६ हजार ७५० केजी चामल र ८२५ केजी दाल हस्तान्तरण गरिएको चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवर्द्धन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले बताए ।

‘न्युन आयस्रोत भयका श्रमजीवि चलचित्रकर्मी झण्डै दुई महिना लामो लकडाउनको चपेटामा परेका छन् । अब भने साँच्चै नै उनिहरुलाई राहतको आवश्यकता परेको छ । मेरो ब्यक्तिगत र हाम्रो संस्थागत पहलमा सरकारले यतिठुलो अति आवश्यक सहयोग गरेकोमा खुशी लागेको छ’, अधिकारीले भने । अधिकारीले विपद्का बेला मन्त्रीको पहलमा भएको सहयोग आफुहरुका लागि अमुल्य सहयोग भएको बताए ।

आदिवासी जनजाति महासंघका ३५ जना, नृत्य संघका ४५, निर्देशक समाजका तर्फबाट सहायक निर्देशकहरु ३० जनालाई एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईने छ । यस्तै तेस्रोलिंगिहरुको प्रतिनिधित्व गर्ने ब्लुडायमण्ड सोसाईटीका ३० जना, प्राविधिक संघका ३५, चलचित्र द्वन्द्व संघका २५ जना, कलाकार संघका जुनियर कलाकारहरु ३५ जना र संगीत उत्पादन समाजका ३५ जना गरि २७० जना चलचित्रकर्मी लाई खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको छ । खाद्यान्न सबै संस्थाका अध्यक्ष र महासचिवलाई जिम्मा लगाइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.