लकडाउनको समयामा प्रियंकाले ‘वाथरोव’ लगाएर डान्स गरेको भिडियो भाइरल

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नको लागि भारतमा लामो समयदेखि लकडाउन जारी छ । यस्तो समयमा घरमा रहेको बलिउड कलाकार सामाजिक सञ्जालमा निकै सक्रिय देखिन थालेका छन् ।

केही कलाकारहरु टिकटक भिडियो,युट्युब भिडियो बनाए कोरोनाबाट कसरी बच्ने भन्ने सन्देश फैलाइरहेका छन् । साथै केही कलाकार बिगतका फिल्म सुटिङको भिडियो तथा तस्बिर सेयर गरिरहेका छन् ।

यसै क्रममा अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा फोटोसुटको एक भिडियो सेयेर गरेकी छन् । जसमा उनी नुहाएर लगाउने कपडा ‘वाथरोव’ लगाएर नाच्दै गरेकी छन् । । उनले क्याप्सनमा लेखेकी छन्,’सप्ताहअन्तमा नृत्य ।

आभारी जनाउन केही न केही त पक्कै हुन्छ ।’ छोटो समयमै धेरै मानिसभिडियो हेरिसकेका छन् । केही फ्यानहरुले यस्तो डाँन भन्र्दै कमेन्ट गरेका छन् । प्रियंकाले उक्त सुट युकेको चर्चित म्यागजिन टेटलरको मे अंकको लागि खिचाएकी थिइन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.