बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौँ — बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् । शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो ।

तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.