कर्णालीका एक जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

हालसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलोपटक एक जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या भने ३७५ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशका दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।

लकडाउनको अवधिमा महेन्द्रनगर हुदै ३५ दिनअघि भारतको आग्राबाट आएका ती व्यक्तिको स्वाबको नमुना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।कर्णाली प्रदेशमै पहिलो परीक्षण पोजेटिभ देखेपछि पुनः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएको थियो । क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागि दैलेख अस्पताल लगिँदै छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमबारसम्म कर्णालीमा २ हजार ७ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ । कर्णालीका १० वटै जिल्लामा करिव ७ सय ७ जना क्वारेन्टिनमा रहेका छन् ।

सोमबरा राति स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ थपिएका कोरोना संक्रमितमा धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबीसकोटका १ पुरुष, सुनसरीका १ पुरुष र झापाका १ पुरुष रहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.