‘लिपुलेक’ हाम्रै हो भन्दै धुर्मुस सुन्तलीको हेनै पर्न (भिडियो)

हाँस्य कलाकार तथा समाज सेवी जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे पछिल्लो समय निकै सक्रिय छन् । सामाजिक कार्य होस् या जनचेतना मूलक काम होस् उनीहरू निकै डटेर लागी परेका छन् । विगत केही समय यता कोरोना सङ्क्रमणबाट बच्न सरकारले लकडाउन जारी गरेको छ । जसको कारण रङ्गशालाको काम रोकिए पछि यी जोडी घरमा नै छन् ।

विभिन्न जनचेतना मूलक मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्दै आएका उनीहरूले फेरी एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । जसमा केही समय यता निकै चर्चामा रहेको सीमा विवादको विषय जोडिएको छ ।


‘लिपुलेक’ नाम दिइएको भिडियोलाई धुर्मुस सुन्तलीले नै निर्देशन गरेका हुन् । सोमबार धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा धुर्मुस र सुन्तलीको मुख्य अभिनय रहेको छ ।

लिपुलेक र नालापानी हाम्रै हो भन्ने सन्देश बोकेको भिडियो मा छिमेकी देश भारतले आफ्नो भूमिमा बाटो बनाएको तर नेपालका नेताहरूले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख समेत गरिएको छ ।भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सकिन्छ भन्ने सन्देश दिइएको छ । भिडियो सुदिप बरालको छायाङ्कन र सम्पादनमा बनेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.