पाल्पामा निर्माण गरिएका आईसोलेशन कक्षहरुको अनुमगन तिब्र

पाल्पा , कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा निर्माण गरिएका केही आइसोलेशन कक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आईसोलेशन निर्माण तथा व्यवस्थापन समिति पाल्पाले तानसेन नगरपालिकाको सहयोग र युनाईटेड मिसन अस्पतालको सहयोगमा निर्माण भएको आईसोलेशन कक्षहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालमा २० वेडको आईसोलेशन कक्ष निर्माण गरिएको भएता पनि त्यतिले मात्रै प्राप्त हुने अवस्था नरहेकाले वैकल्पिक व्यवस्था हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले गुनासो गनुभएको छ ।

युनाईटेड मिसन अस्पतालको संयोजनमा भुषालडाँडाको वृद्धाश्रम भवनमा २० वेडको आईसोलेशन कक्ष निर्माण गरिएको भएपनि त्यो पर्याप्त मात्रामा हुन नसक्ने अधिकृत भट्टराईले बताउनुभयो । एलएमसी जस्ता क्षमता भएका अस्पताललाई केही नभन्ने हामीलाई मात्रै पेलेर आईसोलेशन स्थापना गर्न भन्ने काम अवैज्ञानिक भएको भट्टराईले बताउनुभयो ।

अनुगमनका क्रममा पुगेका समितिका प्रतिनिधि र पत्रकार समक्ष गुनासो राख्दै भट्टराईले भने ‘विरामीको सेवाका लागि सबै स्वास्थ्यसेवी संस्थाहरु आ–आफ्नो क्षमता अनुसार तयार हुनुपर्ने अवस्था अहिले हो, केवल कुरा मात्रै ठूला गर्ने अनि काम नगर्ने जस्ता कार्य बन्द गर्नुपर्छ ।’ देशव्यापी रुपमा कोरोना संक्रमितहरु बढ्दै गएपछि, पाल्पामा पनि आईसोलेशन निर्माण तथा व्यवस्थापनको तयारीलाई व्यापक बनाईए पनि त्यो पर्याप्त मात्रामा नभएको सम्बन्धित स्वास्थ्य संस्थाहरुले बताएका छन् ।

आईसोलेशन निर्माण तथा व्यवस्थापन समितिका संयोजक तथा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आईसोलेशन कक्ष निर्माणलाई व्यापक बनाइएको बताए निर्माणका गरिएका आइसोलेशन कक्षकोहरु अनुगमनका लागि बेल्वासेको नेतृत्वमा सदस्य सचिव तानसेन नगरपालिकाका लेखा अधिकृत कौशलराज घिमिरे, सदस्यहरुमा माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, गोरख दल गणका सेनानी मनोज डंगोल, शसस्त्र वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हिरा बोहोरा रहेका छन् । सो समितिले जिल्लाका स्थानीय तहमा निर्माण भएका आईसोलेशनहरुको अनुगमन तथा निरीक्षण गरी रहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.