भारतीयहरूले मनिषा कोइरालाकोबारे निम्न स्तरको गाली गलौजमा उत्रेपछि नेपाली कलाकार दिपकराज गिरीले दिए यस्तो जवाफ

अभिनेत्री मनिषा कोइरालालाई अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा आक्रमणको तारो बनाइएको छ । नेपाली राष्ट्रियताको पक्षमा मनिषाले गरेको एउटा ट्विटलाई लिएर भारतीयहरू निम्नस्तरको गालीगलौजमा उत्रेका छन् । मनिषाले भारतको नुन खाएर चीनको पक्षपोषण गरेको भनदैभारतीय मिडियाआरोप गरेका छन । एबीपी न्युजले ठाडै भन्यो, खाती नेपाली और गाना गाती चाइनाकी , उनले चीनकै उक्साहटमा यो ट्विट गरेको भन्नेसम्मको आरोप समाचारमा लगाइएको छ ।

हास्यकलाकार दीपकराज गिरीचाहिँ भारतीय मिडियाको यो प्रोपोगाण्डालाई हास्यास्पद मान्छन् । मनिषाको राष्ट्रप्रेम स्वभाविक र सही समयमा प्रकट भएको दिपकराज गिरीले बताएका छन ।दीपकराज भन्छन्, ‘मनिषा कोइराला पहिलो नेपाली कलाकार हुन् । जसले त्यो स्थानमा पुगेर गर्वसाथ आफूलाई नेपाली भनेरै चिनाइन् । उनकै हाराहारीमा चर्चा पाएका केही कलाकार आफूलाई नेपाली भन्न रुचाउँदैनन् । तर, मनिषालाई भारतमा पनि नेपाली सुन्दरी भन्ने गरिन्थ्यो । उनी नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा होइन ।’

मनिषाले गरेको ट्विटलाई भारतीय मिडियाले ‘ट्विस्ट’ गरेको दीपकराजले बताए । नेपालमा हुने जुनसुकै राष्ट्रवादी संघर्षमा चीनको हात देख्ने भारत सरकार र त्यहाँका मिडियाको सोचाइ नै मुर्खतापूर्ण रहेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘मनिषाले कहाँनेर चीनको समर्थन गरेकी छन् , नेपाल र चीन मिलेर भारतमाथि धावा बोल्नुपर्छ भनेर लेखेकी छन् र उनले त नेपालको सरकारले आफ्नो सीमा रक्षाका लागि लिएको पहलप्रति खुसी व्यक्त मात्रै गरेकी हुन् । यति गर्दा उनीहरूले अनर्गल प्रचार किन गर्ने।

अहिलेको समयमा हरेक सच्चा नागरिकले देशको पक्षमा लेख्नु र बोल्नुपर्ने दीपकराजले बताए । मनिषाजस्तो हाइप्रोफाइल अभिनेत्रीले लेखेका कुराले झन् ठूलो महत्त्व राख्ने उनको भनाइ छ । ‘मनिषाले लेख्दा उनको आवाज बलिउड र भारतभरि फैलियो । तर, मिडियाले उनको ट्विटमा नचाहिँदा मरमसला थपेर अतिरञ्जित बनाइरहेका छन् । भारतीय मिडियाको यो चरित्र हामीले पहिल्यैदेखि देख्दै आएका हौं,’ गिरीले भने । एउटा देशको नागरिकले अर्को देशमा काम गर्नु र करिअर बनाउनु अनौठो कुरा नभएको उनी बताउँछन् । तर अर्को देशमा काम गदैमा राष्ट्रभक्ति कम नहुने उनको भनाइ छ ।

‘भारतमा उनले काम गरिन् र पैसा कमाइन् । तर, त्यसको ट्याक्स पनि भारतलाई नै तिरिन् । जति भारतमा कमाएकी छन्, त्यसबापतको ट्याक्स पनि नेपाललाई नभएर भारतलाई नै तिरेकी छन्,’ दीपकराजले भने । आफ्नो अभिनय र प्रतिभाको बलमा पुगेकी हुन् । उनले पनि भारतीय चलचित्र उद्योगलाई योगदान दिएकी छन् । काम गरेपछि पारिश्रमिक कसले पाउँदैन यस्तै प्रतिक्रिया नेपाली कलाकारहरुले गरेका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.