रवि लामिछानेले पनि नायिका मनिषा कोइरालाको सपोर्ट गदै भारतलाइ यस्तो कडा जवाफ दिए

अभिनेत्री मनिषा कोइरालालाई अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा आ-क्रम^ णको तारो बनाइएको छ । नेपाली राष्ट्रियताको पक्षमा मनिषाले गरेको एउटा ट्विटलाई लिएर भारतीयहरू निम्नस्तरको गा-लीगलौजमा उत्रेका छन् । भारतीय मिडियाको आ-रोप छ, मनिषाले भारतको नुन खाएर चीनको पक्षपोषण गरिन् ।

एबीपी न्युजले ठाडै भन्यो, खाती नेपाली और गाना गाती चाइनाकी ? उनले चीनकै उक्साहटमा यो ट्विट गरेको भन्नेसम्मको आ-रोप समाचारमा लगाइएको छ । हास्यकलाकार दीपकराज गिरीचाहिँ भारतीय मिडियाको यो प्रोपोगाण्डालाई हास्यास्पद मान्छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले मनिषाको राष्ट्रप्रेम स्वभाविक र सही समयमा प्रकट भएको बताए ।

दीपकराज भन्छन्, ‘मनिषा कोइराला पहिलो नेपाली कलाकार हुन् । जसले त्यो स्थानमा पुगेर गर्वसाथ आफूलाई नेपाली भनेरै चिनाइन् । उनकै हाराहारीमा चर्चा पाएका केही कलाकार आफूलाई नेपाली भन्न रुचाउँदैनन् । तर, मनिषालाई भारतमा पनि नेपाली सुन्दरी भन्ने गरिन्थ्यो । उनी नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा होइन ।’ मनिषाले गरेको ट्विटलाई भारतीय मिडियाले ‘ट्विस्ट’ गरेको दीपकराजले बताए ।

नेपालमा हुने जुनसुकै राष्ट्रवादी सं-घर्षमा चीनको हात देख्ने भारत सरकार र त्यहाँका मिडियाको सोचाइ नै मुर्खतापूर्ण रहेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘मनिषाले कहाँनेर चीनको समर्थन गरेकी छन् ? नेपाल र चीन मिलेर भारतमाथि धा-वा बोल्नुपर्छ भनेर लेखेकी छन् र ? उनले त नेपालको सरकारले आफ्नो सीमा रक्षाका लागि लिएको पहलप्रति खुसी व्यक्त मात्रै गरेकी हुन् । यति गर्दा उनीहरूले अनर्गल प्रचार किन गर्ने ?’

यस्तै चर्चित पत्रकार रवि लामिछानेले पनि नायिका मनिषा कोइरालाको सपोर्ट गर्दै भन्छन्:

मनिषा कोईरालाको एउटा टुइटले यति धेरै पसिना ? कठै भारतिय मिडिया ! आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ । कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् – मनिषा कोइराला , अनि बोल्दिनन त? And I strongly suggest all Indian medias to study your own map that was submitted to the United Nations by your own government. Please take a look at our political map issued officially today.

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.