पूर्वमन्त्री अफताव आलमको घरमा प्रहरीको छापा, प्रहरीलाई आक्रमण गरेपछि हवाइ फायर

राजपुर बम काण्डका अभियुक्त पूर्वमन्त्री अफताव आलमको घरमा प्रहरीले छापा मारेको छ ।अभियुक्त आलमका भाइ महताब आलमलाई पक्राउ गर्न भन्दै प्रहरीले मध्यरातमा आलमको घरमा छापा मारेको हो ।फरार रहेका महताब घरमा आएको सूचना पाएसँगै प्रहरीले छापा मारेको हो । तर रातको समयमा पनि स्थानीयले अवरोध गरेको भन्दै प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको थियो ।

आलमको घरमा पुगेको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेपछि हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोक पदार्थ भण्डारणको आरोपमा जिल्ला अदालत गौरको आदेशमा आफताब आलम पुर्पक्षको लागि काठमाडौको नख्खु कारागारमा रहेका छन् ।

उनका भाई मोहम्मद महताब आलमसहित ११ जना प्रतिवादी फरार रहेका छन् ।पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ पूर्वमन्त्री शेख इद्रिसको राजपुर फरदहवास्थित गोठमा भएको बम विस्फोट घटनामा आफताब आलमसहित ११ जनालाई प्रतिबादी बनाइएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.