संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने सरकारको निर्णय, नयाँ नक्सा कार्यान्वयनका लागि निशान छाप परिवर्तन गर्ने तयारी

सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको क्षेत्र समेटर नयाँ नक्सा जारी गरेका थियो ।संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ । संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत चाहिन्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.