समाजसेवि गोपाल पौडेलद्धारा ३०५ घरपरिवारलाई राहात वितरण

जेठ १४, सुनिल कार्की । तानसेन नगरपालिका वडा नं १० निवासी समाजसेवि गोपाल पौडेलले एकै दिन ३०५ जना घर परिवारलाई राहात वितरण गर्नुभएको छ । देशमा जारी बन्दाबन्दीले प्रभावित बनेका विपन्न घर परिवारलाई स्वा. छोरा इन्जिनियर विवेक पौडेलको स्मृतिमा राहात वितरण गरिएको हो ।
१० नं वडा कार्यालयको समन्वयमा साविक तेल्घा गाविसका २ सय ८३ घरपरिवार र वडा बाहिरका २२ घर परिवारलाई प्रतिघर २० किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, दुई वटा कपडा धुने र एउटा नुहाउने साबुन वितरण गरिएको समाजसेवि एवं नेकपा १० नं वडा कमिटिका अध्यक्ष गोपाल पौडेल बताउनुभयो । लकडाउनको समयमा रोजगारि गुमाई सांझ विहान छाक टार्न समस्यामा परेका गाउँले आमाबुवा, दाजुभाई दिदि बहिनिको समस्यालाई मध्य नजर गरि राहात वितरण गरिएको समाजसेवि पौडेलले जानकारी दिनुभयो ।

साविक तेल्घा गाविसको वडा नं १ देखि ९ सम्मका विपन्न घरपरिवारलाई राहात वितरण गरिएको १० नं वडा कार्यालयका वडा अध्यक्ष लोचन प्रसाद तिमिल्सेनाले बताउनुभयो । वडा नं १० का अधिकांश जनता पात, दाउँरा बेचेर जिविकोपार्जन गर्ने भएकोले उनिहरुको दैनिक जिवनमा आईपरेको समस्यालाई मध्यनजर गरि राहात वितरण गरिएको वडा अध्यक्ष तिम्लिसेनाको भनाइ छ । राहत वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का प्रदेश सभा सदस्य एवं नेकपा पाल्पाका जिल्ला अध्यक्ष नारायण आचार्यले दुई महिना लामो बन्दाबन्दीले प्रभावित बनेका स्थानियलाई वितरण गरिएको राहातले १० नं वडा सहित साविक तेल्घा बासिको लागि सहयोग पुगेको बताउनुभयो । आचार्यले समाजसेवि पौडेलले जस्तै अन्यले पनि यसै गरि लकडाउनबाट प्रभावित भएकाहरुलाई राहात वितरणको कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

राहात वितरण कार्यक्रममा वडा अध्यक्ष लोचन प्रसाद तिमिल्सेना,नेकपा प्रदेश कमिटि सदस्य नेत्र प्रसाद पाण्डे, वडा कमिटि सचिव जित बहादुर सिलवाल,स्थानिय समाजसेवि मोहन गैरे, युवा संघका जिल्ला संयोजक धनु घिमिरे,नगर कमिटि सदस्य गोकुल पौडेल,सुजन , श्रेष्ठ,सुरेश विष्ट, नवराज बस्याल लगायतले रहात वितरणमा सहयोग गरेका थिए । समाजसेवि गोपाल प्रसाद पौडेलको आर्थिक सहयोग, १० नं वडा कार्यालयको समन्वय र नेकपा गाउँ कमिटि १० नं वडाको आयोजनमा राहात वितरण गरिएको हो । नेकपा वडा कमिटि अध्यक्ष गोपाल पौडेलको अध्यक्षता, वडा कमिटि सचिव जित बहादुर सिलवालको स्वागत र मोहन गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.