नेकपा रम्भा गाउँ कमिटिद्वारा रम्भा गाउँपालिकको बिपद ब्याबस्थापन कोषमा ५३ हजार ३ सय प्रदान

नारायण न्यौपाने,पाल्पा, १९ जेठ
नेपाल कम्यूनिस्ट पार्टी नेकपा रम्भा गाउँ कमिटिले आइतवार रम्भा गाउँपालिकको बिपद ब्याबस्थापन कोषमा ५३ हजार ३ सय रुपैंया प्रदान गरेको छ । रम्भा गाउँ कमिटिका सचिव योगेन्द्र कुमार गैरेले बिपदको बेलामा मानबिय धर्म सम्झेर सहयोग प्रदान गरेको बताए । कोरोनाले अस्तब्यस्त बनाएको समयमा गाउँपालिका भित्रका जनताहरुलाइ केहि हदसम्म भएपनि राहत हुने बिश्वासका साथ आर्थिक सहयोग गरको उनको भनाइ छ । नेकपाका शुभेच्छुक संग रकम संकलन गरेर गाउँपालिका अध्यक्ष्य बिष्णु भण्डारीलाइ बैङकमा रकम जम्मा गरेको भौचर प्रदान गरिएको थियो ।

कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा नेकपा रम्भा गाउँ कमिटिले गरेको सहयोगको उच्च प्रसंशा गर्दै गाउँपालिका अध्यक्ष्य भण्डारीले धन्यवाद सहित आभार ब्याक्त गरे । उनले प्राप्त रकम पुर्ण रुपमा सदुपयोग हुने प्रतिबद्वता जनाय ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.