तानसेनको होल्डिङ क्वारेनटाइनको बिजोग, दुषित पिउने पानी, भुँइको सुताइ– महिला र पुरुषका लागि एउटै कोठा

नारायण न्यौपाने
पाल्पा, जेठ २०
तानसेन नगरपालिकाले त्रिभुवन बहुमुखी क्याम्पसको बिज्ञान संकायको भवन बतासेडाँडामा बनाएको होल्डिङ क्वारेनटाइनको अबस्था बिजोग छ । अति फोहर सौचालय, दुषित पिउने पानी, भुइमा त्यो पनी एउटा पिफर्म माथि सुत्नु पर्ने, महिला र पुरुषका लागि एउटै कोठा, माखा भन्किरहेको गल्लीमा खाना खानुपर्ने भएपछी क्वारेनटाइनमा बसेकाहरु अन्य रोग लाग्ने चिन्तामा छन । बिहानको खाना दिउसो २ बजे, बेलुकीको खाना राती १२ बजे मात्रै खान पाउने बताउदै भारतबाट आएका इश्वर क्षेत्रिले, पानी समेत किनेर खानु पर्ने गुनासो गरे । ‘भारतबाट लखेटियर आइयो, गोजामा दाम छैन, ल हेर्नुस याँहाको पानीमा किरा छ, मिनिरल वाटर किनेर खानुपर्ने अवस्था छ’, क्षेत्रिले भने, ‘यस्तो गोता होला भन्ने सोचेको थिइन, कम्तीमा अलि अलि मान्छे बस्न सकिने त हुनुपर्छ नी ।’भारतको जयपुरबाट आएकी जयत्ती बिकले महिला पुरुष एउटै कोठामा सुत्नु परेको बताइन । ‘न दुरी कायम गरिएको छ, न रात बिताउन सकिने बिस्तारा छ, यो त मान्छेलाइ राख्न तयारी गरिएको ठाँउ जस्तो नै छैन’ उनले भनिन, ‘कोरोना लागेको हुन सक्छ भनेर ल्याएपछि त कम्तिमा सुरक्षाका उपाय अपनाउन पर्ने नी । क्वारेनटाइनमा एउटा सेनिटाइजर समेत छैन ।’

होल्डिङ क्वारेनटाइनको ब्याबस्थापनको जिम्मा पाएका तानसेन १३ का वडा अध्यक्ष टुक भट्राइले भारतबाट आउनेको सङख्या दैनिक १५० बढि भएकाले ब्याबस्थापन गर्न नसकिएको बताए । उनले भने, ‘आजबाट समस्या दोहोरिदैन सम्बन्धित पालिकाले जिम्मा लिनुपर्छ, आजबाट बतासेमा खालि गरेर अन्य ठाउमा बिकल्प खोज्ने काम हुन्छ । सबैले सहयोगको भावना राखेर काम गर्नुपर्छ, मेरो बिचारमा अझै १५ हजार बढि मानिसहरु भारतबाट आउछन । पहिला हामिले दिनमा २० देखी ३० जना मानिसहरु मात्रै आउने अनुमान गरेका थियौँ ।’

तानसेन नगरपालिकाका कार्यकारी अधिकृत डिल्लिराज बेल्बासेले क्वारेनटाइनको सङख्या थोरै भएका कारण ब्याबस्थापनमा समस्या भएको बताए । ‘हामि कार्यान्वयन गर्ने कर्मचारी हो ठाँउ देखाइदिएपछी हामी क्वारेनटाइन बनाउन तयार छौँ, तर स्कुलहरुले ठाँउ नदिदा समस्या भएको छ’ बेल्बासेले भने ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहिले कम्यूनिटी क्वारेनटाइनका लागि तयारी गरेको भएकाले भारतबाट आएकालाइ घर छिमेकमै राख्ने ब्याबस्था हुने भन्दैे अब समस्या नहुने बताए । ‘हामिले अन्य पालिकाको जिम्मा लिन सक्दैनौ, कि सबै पालिकाले कर्मचारी मिलेर राख्नु पर्ने हुन्छ, होइन भने होल्डिङ क्वारेनटाइन बन्द गर्नुपर्ने हुन्छ’ शाहिले भने, ‘यसरी राख्दा झनै समस्या हुने देखियो ।’

भारतबाट आएकालाइ उनिहरुको घर नजिकको क्वारेनटाइनमा जानु पुर्व सिधै होल्डिङ क्वारेनटाइनमा राख्ने ब्याबस्था गरिएको छ । सम्बन्धित पालिकाले समयमै यातायातको प्रबन्ध नगर्ने र तानसेन नगरपालीकाले क्वारेनटाइनमा न्यूनतम ब्याबस्था गर्न नसकेका कारण थप समस्या सिर्जना भएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.