बगनासकाली गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको सुबिधा,एउटै सवारिमा सेतो र रातो प्लेट

नारायण न्यौपाने
पाल्पा, जेठ २१
बगनासकाली गाउँपालिकाका २ जना जनप्रतिनिधीले पालिकाले उपलब्ध गराएको सवारीमा सेतो र रातो नम्बर प्लेट प्रयोग गरेका छन । उनिहरुले एउटै प्लेटको एकातिर सेतो र अर्कोतिर रातो नम्बर प्लेट प्रयोग गर्ने गरेका हुन । स्थानियका अनुसार सार्बजनिक बिदा तथा ब्यातिmगत प्रयोजनमा उनिहरुले रातो प्लेट प्रयोग गर्दछन । वडा नं ६ यम्घाका वडा अध्यक्ष एवं कार्यपालिकाका प्रवक्ता समेत रहेका लक्ष्मीप्रसाद अधिकारी र कार्यपालिका सदस्य विजुलीप्रसाद विकले सरकारी मोटरसाईकलमा दुईवटा नंम्बर प्लेटको प्रयोग गरेका हुन ।

वडा अध्यक्ष अधिकारी चढ्ने मोटरसाईकलको सेतो नंम्बर प्लेटमा लु १ ब २०८६ नम्बर रहेको छ भने सोहि प्लेटको भित्रपट्टी रातो नंम्बर प्लेटमा लु ४२ प ५८२२ नं रहेको छ । यस्तै सोही वडाबाट वडा सदस्यमा निर्वाचित एवंम कार्यपालिका सदस्य विक चढ्ने स्कुटर सेतो नम्बर प्लेट लु १ ब २०९१ं नम्बर रहेको छ भने रातो नम्बर प्लेट लु ४२ प ९४९१ छ ।

यसरी २ वटा नम्बर प्लेट मोटरसाइकलमा देखिएपनी आफ्नो नियत गलत नभएको वडा अध्यक्ष अधिकारीले बताए । ‘तँपाइले कैले रातो कैले सेतो प्रयोग गरेको देख्नुभएको छ ? हामिलाइ के जरुरी छ र त्यसो गर्न ?’ अधिकारीले भने, ‘केबि आर्टमा गराएको हो, उसले पनी फरक प्रदैन भन्यो, तँपाइहरु जस्तो पत्रकारले नम्बर प्लेट हेर्दै हिड्नुहुन्छ भन्ने भयन । हामी जनताको काम गर्ने मान्छे हो, जनताले भनेछन भने फेर्छौँ ।’ कार्यपालिका सदस्य विकले कर्मचारीलेनै २ वटा नम्बर प्लेट प्रयोग गरेको र सोही साधन आफुले प्रयोग गरेकाले बेठिक नहोला भन्ने सोँचेर प्रयोग गरेको बताए । बिकले चढ्ने स्कुटर २ वटै नम्बर प्लटेमै हाल पालिकामा कार्यरत टिका पौड्यालले समेत प्रयोग गरेका थिए । पौड्यालले ५ महिना अघि कार्यपालिका सदस्यलाइ स्कुटर सोहि अवस्थामा बुझाएका हुन । पौड्याल चढ्नु अघि पालिकामा लेखापालको रुपमा काम गरेकी, हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङजामा कार्यरत सुजना बोहोराले समेत सोहि स्कुटर प्रयोग गरेकी थिइन । बोहोराले पनी पालिकामा इन्जिनियरको रुपमा कार्यरत हाल अस्ट्रेलयामा बस्दै आएकी बिनिता पौड्याल संग २ वटा नम्बर प्लेटमै लिएकी हुन । यसले कर्मचारी र जनप्रतीनिधीको नियत माथि समेत प्रश्न उठाएको छ ।
बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले २ वटा नम्बर प्लेटको प्रयोग प्रती ध्यानाकर्षण भएको भन्दै त्यसलाई तत्काल हटाउने प्रतिवद्धता जनाए ।
२ बर्ष अघि खरिद गरिएका सवारी २ थरी प्लेटमा प्रयोग हुनु र त्यसको प्रत्रियाका बारेमा बेवास्ता गर्नु बगनासकाली गाउँपालिकाको कमजोरी भएको कतिपयको भनाइ छ । जनप्रतिनिधि र कर्मचारीबाटै सरकारी सवारी नम्बरको दुरुपयोग खवर पाउदा समेत प्रहरी र प्रशासन भने सोँचाइमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सही पृथ्वीनारायण काफ्लेले यसरी प्रयोग गरिनु नियम बिपरीत भएको बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.