रिपोर्ट नआएपछी ३ दिनदेखी अस्पतालमै शव, परिवारमा पिरलो

नारायण न्यौपाने
पाल्पा, जेठ २२
पूर्वखोला गाउँपालिका स्थित शम्भु माध्यामिक बिद्यालयमा क्वारेनटाइनमा बसेका पूर्वखोला १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिशुवालाइ सोमबार स्वाँश प्रश्वासमा समस्या भएपछी युनाइटेड मिशन अस्पताल तानेसन ल्याइयो । अश्पतालले कोरोना भाइरस सक्सपेक्टेड ठानेर आइसोलेशनमा राखेर उपचार ग¥यो । उनको उपचारको क्रममा मंगलबार दिउसो १२ बजेर ३५ मिनेट जाँदा मृत्यू भएको अस्पतालका प्रशासन बिभागका प्रमुख जिवन भट्राइले बताए । अहिलेसम्म परिवारका सदस्यले उनलाइ हेर्न समेत पाएका छैनन । कोरोनाका कारण मृत्यू भएको हुनसक्ने र त्यसले खतरा हुने भन्दै भन्दै रिपोर्ट नआए सम्म अस्पतालमै शव राख्नुपरेको बताइएको छ ।

तीन दिनदेखि शव तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा छ । परिवारले समेत शव हेर्न पाएका छैनन् । उनकी श्रीमती अर्धचेत अवस्थामा छन्, एक छोरा र २ छोरी रूवाबासी गरिरहेका छन् ।

रिपोर्ट छिटो नआउँदा आफूहरूलाई थप पीडा भएको छोरा नेत्र बहादुर रुँदै भन्छन, ‘रिपोर्ट छिटै आए त्यसैअनुसार बुवाको दाहासंस्कार गर्न हुन्थ्यो, अस्पतालमा बुवाको शव अलपत्र छ, यता परिवारमा रूवाबासी छ, विक्षिप्त अवस्थामा रहेका आमा र बहिनीलाई मैले सम्हाल्न सकेको छैन ।
‘रिपोर्ट कहिले आउने टुंगो नलागेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताए । उनका अनुसार पिसिआर विधिमार्फत स्वाब परीक्षणका लागि भैरहवा प्रयोगशालामा पठाइएको र आफूले निरन्तर मृतकको शव हो, भन्दै प्रयोगशालाका निर्देशकसँग कुरा गरिरहेको बताए । पिसिआरको रिपोर्ट नआउँदासम्म शव अस्पतालमै रहने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.