३ दिन अघि पाल्पाको मिशन अस्पतालमा मृत्यू भएका पुरुषमा कोरोना पुस्टी

नारायण न्यौपाने
पाल्पा, जेठ २२
पूर्वखोला गाउँपालिका स्थित शम्भु माध्यामिक बिद्यालयमा क्वारेनटाइनमा बसेका पूर्वखोला १ सिलुवाका ४५ वर्षीय पुरुषलाइ सोमबार स्वाँश प्रश्वासमा समस्या भएपछी युनाइटेड मिशन अस्पताल तानेसन ल्याइयो । अश्पतालले कोरोना भाइरस सक्सपेक्टेड ठानेर आइसोलेशनमा राखेर उपचार ग¥यो । उनको उपचारको क्रममा मंगलबार दिउसो १२ बजेर ३५ मिनेट जाँदा मृत्यू भएको अस्पतालका प्रशासन बिभागका प्रमुख जिवन भट्राइले बताए । ३ दिन अघि मृत्यू भएका उनमा कोरोना पुस्टी भएको प्रदेश जनस्वास्त्य प्रयोगशाला भैरहवाले जनाएको छ ।

अहिले उनको शवलाइ ब्याबस्थापन गर्ने बिषयमा जिल्लाका सुरक्षा निकायको बैठक चलिरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
अहिले सम्म परिवारका सदस्यले उनलाइ हेर्न समेत पाएका थियनन । कोरोनाका कारण मृत्यू भएको हुनसक्ने र त्यसले खतरा हुने भन्दै भन्दै रिपोर्ट नआउन्जेल सम्म अस्पतालमै शव राख्नुपरेको थियो ।

उनको तीन दिनदेखि शव तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा छ । उनकी श्रीमती अर्धचेत अवस्थामा छन्, एक छोरा र २ छोरी रूवाबासी गरिरहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.