पाल्पामा एकजनाको आइसोलेशनमा मृत्यु, रिपोर्ट आउन बाकी

नारायण न्यौपाने
पाल्पा,जेठ २६ ।
लुम्बिनी मेडिकल कलेजमा आइशोलेसन कक्षमा उपचारत एक जनाको सोमबार मृत्यू भएको छ । गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. राजु शाक्यले जानकारी दिए ।

आइतबार उपचारका लागि अस्पताल आएका उनीमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि अस्पतालले कोरोनाको सस्पेक्टेड ठानेर आइसोलेशन कक्षमा उपचार गरेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र पिसिआरको नतिजा आउन बाकी रहेको डा. शाक्यले बताए । उनको स्वाब कोरोना परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पढाइएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.