पुर्व उद्योग राज्यमन्त्री निषादको निधन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व उद्योग राज्यमन्त्री मेघराज निषादको मंगलबार बिहान निधन भएको छ । उनको वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा बिहान १२ बजे निधन भएको छोरा तेजप्रकाश निषादले जानका दिए ।

तिन चार बर्ष पहिलोदेखी उनको मृगौलामा समस्या देखापरेपछि नियमित रुपमा डाईलोसिस गराउँदै आएको छोरा निषादले बताए । संबिधान सभा सदस्य समेत रहेका निषादको मंगलबार नै हिन्दु पराम्परा अनुसार उनको पुख्यौली घर पर्साको पकाहामैनपुर गाँउपालिकाका धोरेमा अन्तेष्टि हुने छोरा निषादले बताए ।

२०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा उनी उद्योग राज्यमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए ।
नेपाल समता पार्टीका अध्यक्षको नेतृत्व गरेका उनी गएको २०७० सालको निर्वाचन भन्दा अगाडी नेकपा एमालेमा पार्टीमा समाहित गरेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.