बगनासकालीले क्वारेनटिनमा रहेका १ सय १५ जनाको स्वाब परिक्षणका लागि पठायो

नारायण न्यौपाने
पाल्पा, जेठ ३१
बगनासकालि गाउँपालिकाले गाउँपालिका अन्तर्गत १५ वटा क्वारेनटिनमा रहेका १ सय १५ जनाको स्वाब संकलन गरि कोरोना भाइरस परिक्षणका लागि पठायको छ । पाल्पा अस्पतालका सिनियर ल्याब टेक्निसियन बिष्णु रेग्मी सहित पालिकाका स्वास्थ्य कर्मी तिल कुमारी राना र मनिषा थापाले स्वाब संकलन गरेका थिय । गाउँ कार्यपालिकाको निर्णय अनुसार खरिद गरिएको भिटिएम मार्फत स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारीले जानकारी दिए । ‘विभिन्न क्वारिनटिनमा बसेका १ सय १५ जनाको स्वाब संकलन गरि परिक्षणको लागि प्रादेशिक जनस्वास्थय प्रयोगशाला भैरहवा लगेर म आफैँ नै छोडेर फर्किय’, अधिकारीले भने, ‘परिक्षणको पालोमा छ केही दिनमा रिपोर्ट आउँछ ।’ उनले प्रती भिटिएम ३ सय ५० रुपैँया खर्च भएको बताए ।

बगनासकालीमा अब स्वाब लिनका लागि क्वारेनटिनमा ५ जना मात्रै बाँकी छन । उनिहरु स्वाब संकलन पछि आएकाले बाँकी रहेको प्रशासकिय प्रमुख सुन्दर प्रसाद श्रेस्ठले जानकारी दिए । उनले बाँकि रहेकाको पनि स्वाब संकलन गरेर पठाइने जानकारी दिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.