मेलाबाट बचत रकमले खेल मैदानको स्तर उन्नती

पाल्पा,जेठ ३१
सुनिल कार्की ।
तानसेन नगरपालिका ७ स्थित बाघखोर खेलमैदानको खर्च आम्दानि सार्वजानिक गरिएको छ । पछिल्लो समय सञ्चालित योजनाको खर्च सार्वजनिक नभईरहेको अवस्थामा खेल मैदानको खर्च सार्वजनिक गरि पारर्दशीताको नमुना प्रस्तुत गरिएको हो । सुर्यकुण्ड निर्माण उपभोक्ता समितिद्धारा उक्त खेद मैदानको योजनाको काम गरिएको थियो । तानसेन नगरपालिकाको ५ लाख,पाल्पा वंशगोपाल कृषि,पर्यटन एवं सांकृतिक मेलाको बचत ३ लाख गरि कुला ८ लाख बजेटबाट खेल मैदानको स्तरउन्नती गरिएको छ । गएको वर्ष प्रभासमा आयोजना गरिएको मेलाबाट बचत भएको रकमलाई समेत खेलामैदानको निर्माण कार्यमा प्रयोग गरिएको छ । मेला आयोजना गर्नुको उद्धेश्य अनुरुप बचत भएको रकम खेलमैदानको संरक्षणमा प्रयोग गरिएको वंशगोपाल युवा क्लबका अध्यक्ष प्रदिप खनालले बताउनुभयो । खेल मैदानको स्वारुप परिवर्तनको लागि वंशगोपल युवा क्लबले आर्थिक सँगसँगैं श्र्रमदान समेत गर्दै यसको विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

समितिले एक कार्यक्रमको आयोजना गरि सार्वजानिक गरेको खर्च विवरण कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही प्रमुख अथितिको रुपमा सहभागी रहनुभएको थियो । कार्यक्रममा नगरप्रमुख शाहीले यसरी खर्चको सार्वजनिक गरि सुरु गरिएको उदाहारणीय कार्यले योजनाको पारर्दशीतालाई बुझ्न सहयोग पुग्ने बताउनुभयो । मेयर शाहीले समयमै योजना सम्पन्न गरि खर्च सार्वजनिक गर्ने कार्य आफैंमा अनुसरण योग्य रहेको भन्दै योजना सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो ।

७ नं वडा कार्यालयका वडा अध्यक्ष माधव जिसिले युवाहरुको साथ र सहयोगले वडाको विकासमा टेवा पुगेको भन्दै आगामी दिनमा युवाहरुको सहकार्यमा वडाको थप विकासमा सहकार्य गरेर जाने बताउनु भयो । कार्यक्रममा तानसेन ५ का वडा अध्यक्ष राम बहादुर रावल,७ नं वडाका वडा अध्यक्ष माधव जिसी,कार्यपालिका सदस्य भिम बहादुर कुमाल,वडा सदस्यहरु सुरेश कोइराला,मिना परियार लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम उपभोक्ता समितिका सचिव दुर्गा पाण्डेको सञ्चालन र अध्यक्ष प्रदिप खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.