पाल्पामा ५० जना पुगे कोरोना संक्रमित

नारायण न्यौपाने
पाल्पा, असार २
सोमबार १० जना नयाँ संक्रमित थपिएसंगै पाल्पामा कोरोना भाइरस संक्रमितको संङख्या ५० पुगेको छ । पुर्वखोला गाउँपालिकामा मात्रै एकैपटक १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमक्ति प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । पूर्वखोला १, २, ३ र ४ नं. वडाका १० जना पुरुषमा सोमबार कोरोना संक्रमण देखिएको हो । प्रदेश जजस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा यनिहरुमा कोरोना भाइरस देखिएको हो ।

संक्रमित १८ देखि ४७ वर्षका पुरुष छन् । संक्रमित हुनेमध्ये २ जना जनकल्याणका आधारभूत विद्यालय वीरकोटको क्वारेन्टाइनमा, र ८ जना शम्भु मावि जल्पाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
आइतवार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.