तिनाउ खोलामा जीप खस्दा ६ घाइते

नारायण न्यौपाने
पाल्पा, असार २
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै ईसुजु डबल क्याव हाईलक्स जिप खसेको छ । जिपमा सवार ६ जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरि निरिक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

घाइतहरुकोे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
प्रदेश ३ ०१ च ४५२२ नं को जिप तिनाउ खोलामा खसेको हो । दुर्घटनामा परी जिप चालक बर्ष ३८ का दयाराज पाण्डे, बर्ष ४५ का बालकृष्ण बस्याल, बर्ष ३८ का शिव पाण्डे, बर्ष ३६ का नन्दलाल बस्याल, बर्ष २८ का कृष्ण बस्याल र बर्ष ३८ का बिनोद बस्याल रहेका छन । घाइते सबै तिनाउ गाउँपालिका ३ झुम्साका स्थानिय हुन ।

घाइतेहरू सबै तिनाउ गाउँपालिकाका टिपर व्यववसायी हुन । घाइतेहरूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.