शुक्रबार ७७ जना थपिए संगै पाल्पामा कारोना संक्रमितको सङख्या ४४६ पुग्यो

नारायण न्यौपाने
पाल्पा, असार १२
पाल्पामा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । बिहिवार मात्रै १२१ जना थपिएका थिए । यससँगै जिल्लामा संक्रमितको संख्या ४४६ पुगेको छ । शुक्रबार थपिएका ७७ जना मध्ये ७२ जना पुरुष र ५ जना महिला छन् । रामपुर नगरपालिका मात्रै ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यस्तै तानसेन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा क्रममा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै क्वारेनटाइनमा बसेका हुन । संक्रमित सबै भारतबाट सुनौली नाका हुँदै पाल्पा आएका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.