धरानमा कोरोना संक्रमणबाट एकको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा उपचार गराइरहेका धरानका एक कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । धरान– १५ का ६७ वर्षीय पुरुषकाे शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।छाती तथा श्वास–प्रश्वासमा समस्या भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

बिरामीकाे अवस्था नाजुक भएपछि शुक्रबार प्लाज्मा थेरापी विधिबाट उपचार गरिरहेकाे अवस्थामा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना गरिएको थियो । उनी एन्फा क्वारेन्टिनमा बस्दै आएका थिए ।

धरानमा एक साताअघि प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा धरान–१५ कै व्यवसायीको भने स्वास्थ्यमा सुधार भएको प्रतिष्ठानले जनाएको छ । @naya patrika

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.