कोरोना मिटर : थप ६ सय ३४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ हजार नाघ्याे

पछिल्लो २४ घन्टामा देशभर थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समेत हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार एक सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ हजार पाँच सय १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको बताए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ५० पुगेको छ ।

निको हुने दर ५९ प्रतिशत रहेको गौतमले जानकारी दिए ।

अहिले सक्रिय संक्रमित १२ हजार ६ सय २१ जना छन् । @ Nayapatrika

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.