अमिताभ बच्चनको मौनतामाथि कंगनाको प्रश्न

सुशान्त सिंह राजपूतको मुत्य प्रकरणमा अभिनेता अमिताभ बच्चनको मौनतामाथि अभिनेत्री कंगना रनावतले प्रश्न उठाएकी छन् । राम मन्दिर भूमि पूजामा उनको तर्फबाट बधाई नआएकोमा पनि कंगनाले निशाना साँधेकी छन् । बुधवार उनले एक टिभी च्यानलमा सुशनान्तको निधनको मुद्धामा आएको सुप्रीम कोर्टको फैसलाको बारेमा कुराकानी गरेकी थिइन् ।

अन्तर्वार्ताको क्रममा उनलाई पत्रकारले सोध्छन्, ‘आखिर किन अमिताभ बच्चनजस्ता ठूला स्टार सुशान्तलाई न्याय दिलाउनका लागि चलाइएको अभियानको हिस्सा छैनन् ?’ जवाफमा कंगनाले भनेकी छन्, ‘अमिताभ बच्चन हाम्रो फिल्म इन्डस्ट्रीका महानायक हुन् । उहाँले राम मन्दिरको भूमि पूजामा पनि बधाई दिनुभएन । यो माफियाको डर हो । म उहाँको मुल्यांकन गर्न चाहन्नँ र उहाँले के सोच्नुहुन्छ भन्नका लागि मसँग हैसियत पनि छैन ।’

उनले अगाडि भनेकी छन्, ‘जुन प्रकारको उहाँको संस्कार छ, जसरी उहाँ ट्विट गर्नुहुन्छ र जुन हिसाबले हिन्दूत्वलाई प्रोत्साहन गर्नुहुन्छ, यो देखेर मलाई चाहिँ लाग्दैन कि उहाँ खुसी हुन सक्नुभएको छ तर केही डर त छ ? आफ्नो वा आफ्ना सन्तानलाई बहिष्कार गर्ने वा आफूविरुद्ध ग्रुपिज्म हुने डरले पनि उहाँ नबोलेको हुनुपर्छ । नत्र, उहाँ किन बधाईसहितको ट्विट गर्नुहुन्न ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.