पाल्पामा सञ्चालन हुने भनिएकोे पिसिआर परिक्षण कहिलेबाट हुन्छ ?

नारायण न्यौपाने
पाल्पा, भदौ ७
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री सहित असार १० गते बसेको बैठकले १० वटा पिसिआर मेशिन थप गर्ने निर्णय गरेको थियो । त्यसमध्य जिल्ला अस्पताल पाल्पा मातहत रहने गरी पिसिआर मेशिन दिने मन्त्रालयले निर्णय गरेको थियो । निर्णय भएपछी सामाजिक सञ्जालमा पाल्पालीहरुले मेशिन ल्याउन पहल गरेको भनेर सांसद सोम प्रसाद पाण्डेलाइ धन्यवाद दिए । करिब २ दिन मेशिन काहाँ राख्ने भनेर जिल्ला स्तरमा छलफल भयो । असार १७ गते सांसद पाण्डेले प्राविधिक सहित पत्रकार सम्मेलन गरेर प्रयोगशाला स्थापनाका लागि जिल्ला समन्वय समितीको पुरानो तालिम हलको टुङगो लागेको जानकारी गराए ।

सांसद पाण्डेले पत्रकार सम्मेलनमा भनेका थिए,‘प्राविधिक अध्ययनसमेत भइसकेको छ, जिल्ला अस्पताल पाल्पाका अध्यक्ष नेत्रजीले रात दिन नभनी काम गर्नुहुन्छ, सबैको सहयोग रह्यो भने २० देखि २५ दिनमा प्रयोगशाला सञ्चालन हुन्छ ।’ सञ्चालन हुन्छ भनेको आज ५० दिन पुगेको छ तर पाल्पामा मेशिन भने आएको छैन । प्रयोगशाला सञ्चालन हुन्छ भनिएको ठाउँमा ‘मेशिन आयो भने काँहा राख्ने ?’ भन्ने अबस्था नरहेको तर भवनमा वायरिङ गर्न र अगाडिको भागमा ढलाइ गर्ने काम बाँकि रहेको जिल्ला अस्पताल पाल्पाका अध्यक्ष नेत्र पाण्डेले बताए ।

मेशिन पाल्पामा राख्ने निर्णय गर्न पहल गरेका सांसद सोम प्रसाद पाण्डेले सरकारले मेशिन किन्न गरेको टेण्डर रद्द गरेकाले ढिलाइ भएको र निजी स्तरबाट खरिद गर्न लागेको जानकारी दिएका छन । ‘पाल्पाका लागि मेशिन किन्न स्वास्थ्य मन्त्रालय बाट १ करोड ५० लाख रुपियाँ अर्थ मन्त्रालयमा निकाशाका लागि पठाइएकोमा १ करोड स्विकृत भएको छ, निजि कम्पनीहरुले केहि दिन भित्रनै मेशिन ल्याँउदैछन, त्यसमध्यबाट हामिले मेशिन लिन्छौँ’, सांसद पाण्डेले भने, ‘अब करिब १० देखि १२ दिनमा पाल्पामा मेशिन पुग्छ ।’ पाल्पाको नजिकै भैरहवा, बुटवलमा पिसिआर मेशिन हुँदा नदिन खोजिएपनी आँफु दिनरात नभनेर मेशिन ल्याउन प्रयत्न गरेको सांसद पाण्डेको भनाइ छ । आँफु असुरक्षित भएरपनी जनताको स्वास्थ्य सेवामा लागेको भन्दै सांसद पाण्डेले बिषम परिस्थिती भएका कारण केहि ढिलाइ भएको बताए । उलने भने, ‘मैलै त पहल गरेको हो, गरिरहेकै छु । म सरकारको कुनै बाँड्ने निकायमा छैन, पहल गर्ने काम गरेकै छु ।’

पिसिआर मेशिन पाल्पामा आउने खवरले उत्साहित भएका पाल्पालीहरु सञ्चालनमा भएको ढिलाइले चिन्तीत भएका छन । पाल्पाबाट परिक्षणका लागि पढाइएका स्वाबको नतिजा ढिलो आउन थाले पछी पिसिआर मेशिनबारे धेरैले चासो दिएका हुन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.