अग्रभागमा रहेर काम गर्ने प्रहरीको हालत- कवर्डहलमा सुत्छन, ३ बर्षमा एकपटक पोषाक पाउँछन

नारायण न्यौपाने
पाल्पा, भदौ ८
जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी जवानहरु कवर्ड हलमा सुत्छन । कवर्ड हलमा सुत्ने उनिहरुलाइ झुल समेत छैन । एक प्रहरी जवानले नाम गोप्य राखिदिने सर्तमा भने, ‘ड्युटी कसियर गर्नु पर्छ, निदाउन सकिने बिस्तारा पनि छैन । निर्माण सुरु भयको भवन बनेपछी मात्रै सुखले निदाउन पाइयला ।’ प्रहरिको अर्को ब्यारेक पनि छ । त्याँहा टाँगेका झुलहरु उनिहरु आफैले पैसा संकलन गरेर किनेका हुन । अर्का एक प्रहरी जवानले भने, ‘हत्तेरी काहाँ हामिले एक–एक बर्षमा कपडा पाउछौ र ? यहाँ जिल्लामा हामी करिब १ सय ५० जनाले ३ बर्षमा बल्ल कपडा पाइन्छ, पाउँदा पनी एकै पटक सर्ट, चुस्ता र पाइन्ट पाँइदैन, १ बर्षमा पाउने त कापिको पानामा मात्रै हो, झुल समेत हामिले किनेर टाँगेका छौ ।’

तर जिल्ला प्रहरी कार्यलय पाल्पाका सुचना अधिकारी डिएसपी मदन गिरिले भने प्रहरिको नियम अनुसार सेवा सुबिधा पायको बताउछन । जवानहरु भने ठुला बडाले मात्रै पायको र उनिहरुले आँफुहरुलाइ पाय नपायको सोध्ने समेत नगरेको दुखेसो गर्छन । ‘मैले सबै भन्थँे तर के गर्नु बोले जागिर जान्छ’, एक जवानले भने, ‘जवानको तलब कति हुन्छ र ? तैपनी कपडा जुत्ता, झुल सरकारले दियको पनि पाइदैन, सबै नजिककाले मात्रै लान्छन ।’
जवानहरुले सरकारले तोके अनुसारको सुबिधा नपायको र पाल्पामा थप समस्या भयको एक प्रहरी अधिकृतको भनाइ छ । तर डिएसपि गिरिले भने नियम अनुसार सबैले पायको जिकिर गरेका छन । उनले भने, ‘जे भयपनी म एकपटक बुझँुला, तर नपाउने भन्ने हुदैन, दुख त प्रहरीमा छ नि, मैले पनि किनेरै लगायको छु, खपत समय अबधी हुन्छ, छिटो फाटे त किन्नै पर्छ ।’ तर प्रहरी अधिकृतले गोजिबाट पैसा खर्च गरेर प्रहरि ड्रेस किने भन्दा धेरैले बिस्वास भने गरेका छैनन ।

प्रहरी कार्यलयमा सिनियर प्रहरी बसेका छैनन । पाल्पा प्रहरी प्रमुख सहित, डिएसपी मदन गिरि र इन्स्पेक्टर सुरज श्रेष्ठ बाहिर बस्छन । भवन बन्दै गरेकाले उनिहरु कार्यलय बाहिर भाडामा बसेका हुन । प्रहरी कार्यालयमा महिला शौचालय र महिला चेन्जिङ रुम समेत एउटै ब्लकमा छ । शौचालयको गन्धले उनिहरुलाइ कपडा फेर्न समेत हतारो हुने गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.