भैरहवाकाे भीम अस्पतालमा कोरोना संक्रमित पुरूषकाे निधन

भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका ३ घर भएका उनी गत मंगलबार काम गर्ने क्रममा घरको छतबाट लडेर घाइते भएपछि भैरहवास्थित मेडिकल कलेज भर्ना भएका थिए ।

टाउकोमा चोट लागेकाले अप्रेसन गर्नु पर्ने भएपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि मेडिकल कलेजले बिरामी भीम अस्पताल पठाएको थियो । साेमबार साँझ ६ बजेतिर भीम अस्पताल ल्याइएका उनको राति ११ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन सुमित प्रजापतिले बताए ।

भीम अस्पताललाई कोरोना अस्पतालका रुपमा विकसीत गरे पनि त्यहाँ जनशक्ति अभावमा आइसियू संचालनमा आउन सकेको थिएन । भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बिरामी आएपछि उनको परिवारलाई अन्यत्र लैजान सुझाव दिए पनि नमानेको प्रजापतिले बताए । ‘बिरामीका आफन्तले जवर्जस्ती बिरामी अस्पताल भित्र लगेर राख्नुभयो,’ उनले भने, ‘हामीले स्लाईन दिने मात्र काम गरेका हौँ ।’ @nayapatrika

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.