‘चिसो मान्छे’ मा स्वस्तिमा ?

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’ र ‘आमा’ का निर्देशक दीपेन्द्र के. खनाल यतिबेला नयाँ चलचित्रको तयारीमा छन् । लकडाउन अन्त्य भएपछि उनले चलचित्र विकास बोर्डमा दुई चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’ दर्ता गरेका थिए । जसमध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । पाँच महिना लामो लकडाउनमा निर्देशक खनाल यो चलचित्रको स्क्रिप्टमा काम गरेका थिए ।

स्थिति सामान्य भएपछि छायांकनमा जाने बताइएको चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी प्राप्त भएको छ । तर, निर्देशक खनाल एक चरण कुराकानी भए पनि फाइनल नभएको बताउँछन् । उनले भने- ‘स्वस्तिमासँग एक पटक कुराकानी भएको थियो । निषेधाज्ञा भएपछि अरु छलफल हुन पाएको छैन । यद्यपि, चलचित्रमा उनी हुने सम्भावना प्रवल छ ।’

यसअघि दीपेन्द्र र स्वस्तिमाको चलचित्र ‘लभ लभ लभ’ मा सहकार्य भएको थियो । ‘चिसो मान्छे’ मा काम गर्नका लागि स्वस्तिमा सकारात्मक रहेको बुझिएको छ । उनलाई आफ्नो भूमिका मन परेको छ । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई सर्मिला पाण्डेले निर्माण गर्नेछिन् । आउँदो वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई निर्देशक खनाल आफैंले खिच्दैछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.