कोरोना संक्रमित थप १२ जनाको मृत्यु, अहिलेसम्म एक सय ९५ जनाको निधन

कोरोना संक्रमित थप १२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार महिला र आठ पुरुषको मृत्यु भएको हो । मृत्यु हुने महिलामा मोरङका ६५ र ५६ वर्षीया, भक्तपुरकी ६४ वर्षीया र मकवानपुरकी ७१ वर्षीया छन् ।

त्यसैगरी उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिराहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।योसमेत नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको छ ।

गौतमले हाल संक्रमणबाट मृत्यु भएको प्रतिशत ०.५३ रहेको बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.