सज्जाको गायन यात्रा: ठमेल, दरबारमार्गका लाउन्जबार हुँदै ‘नेपाल आइडल’ विजेता सम्म

काठमाण्डौ। शुक्रबार साँझ ‘नेपाल आइडल ३’ की विजेता बनेकी सज्जा चौलागाईँको सांगीतिक यात्रा केहि लामो छ । नेपाल आइडल प्रवेश अगाडी उनको नाम सुनिएको थिएन, तर पनि उनले गाउन थालेको केहि बर्ष भईसकेको छ ।

मोरङ पथरीकी सज्जा ‘नेपाल आइडल’मा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा चुलियो । आकर्षक प्रस्तुति र बोल्ड स्वरको कारण नेपाल आइडल भर चर्चामा रहेकी उनले ‘नेपाल आइडल’ आउनु अगाडी ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउने गर्थिन् ।उनले क्याम्पसमा अध्ययनसँगै गीत गाउने गरेकी थिईन् । सज्जाले हाल स्नातक तह अध्ययन गरिरहेकी छन् । सज्जाको गायन यात्रामा उनको परिवारले सँधै साथ दियो ।

‘नेपाल आइडल’को विजेता बन्दा उनले दोश्रो पटक सफल महशुस गरिन् । पहिलोपटक उनि कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेकी थिइन् । सज्जाले ‘दी लोडिङ’ नामको एक ब्यान्ड पनि स्थापना गरेकी थिइन् । उनले ब्यान्डको तर्फबाट विभिन्न स्थानहरुमा लाइभ गीत गाउने गरेकी थिइन् । पहिलो पटक फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गीत गाएकी सज्जाले लाउन्जहरूमा दैनिक तीन चार घण्टा हिन्दी, रक र अंग्रेजी गीत गाउन सक्थिन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.