गुुल्मीमा एकै दिन १२ जनामा कोरोना संक्रमण

गुल्मी, १५ भदौ-गुल्मीमा एकै दिन सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रकोट गाउँपालिकाका ७ जना इस्माका ५ जना गरी १२ जनाको कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए । एक हप्तामा २३ जना कोरोना संक्रमित भएका छन् । सोेमबार इस्मा गाउँपालिकामा ६६ र ३७ बर्षको महिला, १५, १७ र १९ को पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । भने चन्द्रकोटको गाउँपालिकामा २२, २७ र २८ को महिला तथा ३८, ५१, ६१ र ६६ बर्षको पुरुषमा कोरोना संक्रमण देखिएको सूचना अधिकृत आचार्यले जानकारी दिए । चन्द्रकोटका सात जना समुदाय स्तरबाट जनप्रतिनिधी र बैकका कर्मचारी हुन् । समुदाय स्तरमा संक्रमण देखिएपछि उनीहरुको कन्ट्रयाक टे«सिङ्गको काम गरेर समुदायका सचेत बनाउने काम भइरहेको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले जानकारी दिए ।

इस्माका संक्रमित भने क्वारेन्टाइनमा थिए । भारतबाट आएर क्वारेन्टाइनमा बसेका वडा न ३, ५ र ७ का संक्रमित भएको गाउँपालिकाका सहस्वास्थ्य संयोजक गोकर्ण थापाले जानकारी दिए । सवैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं ५ मा स्वाब परिक्षण गरिएको थियो । गुल्मीमा अहिलेसम्म संक्रमित चार सय पुगेका छन् । एक हप्ताको अवधीमा मात्र २३ जनामा कोरोना संक्रमणको देखिएको छ । दुई दिन अघि मुसिकोट नगरपालिकामा पाँच, सत्यवति गाउँपालिकामा चार, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा एक÷एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा विभिन्न स्थानका ८१ पुरुष र १८ महिला गरेर एक सय ८१ जना क्वारेन्टाइनमा रहेका छन् । छिमेकी जिल्लासहित गुल्मीमा पुन कोरोना संक्रमणको सुरु भएपछि एक हप्ता निशेषाधाज्ञा गरिएको थियो । निशेषाधाज्ञाको मोडालिटी अहिले परिवर्तन गरिएको छ ।

नाका प्रवेशमा कडाई गर्ने र पिसिआर रिर्पोटको आधारमा जिल्ला प्रवेश गर्न दिने जिल्ला संकट व्यावस्थापन केन्द्रको भदौ १३ गतेको निर्णयमा उल्लेख गरिएको छ । रुरु क्षेत्र गाउँपालिकाको रिडि, रेसुंगा नगरपालिकाको नेटा, मुसिकोट नगरपालिकाको वामी, मदाने गाउँपालिकाको सौतामारे र कालिगण्डकीको पुर्तिघाट र हर्मिचौर नाका व्यावस्थापनमा कडाई गर्ने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.