कोरोना मिटर : आज आठ सय ९९ जनामा संक्रमण देखियो, कुल संक्रमित संख्या ३९ हजार चार सय ६० पुग्यो

पछिल्लो २४ घन्टामा देशभर थप आठ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ११ हजार एक सय २९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार चार सय ६० पुगेको छ ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार चार सय १० पुगेको छ ।संक्रमित निको हुने दर ५४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।हाल सक्रिय संक्रमित १७ हजार आठ सय २२ जना छन् ।

संक्रमितमध्ये एक सय ३२ जनाको आइसियू र १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको गौतमले जानकारी दिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.