एक बालिकासहित कोरोना संक्रमित थप ११ जनाको निधन

२४ घन्टाभित्र कोरोना संक्रमित भई उपचाररत चार वर्षीया बालिकासहित थप ११ जनाको निधन भएको छ ।योसमेत देशभर संक्रमण भएर निधन हुनेको संख्या दुई सय ३९ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेमा एक बालिका र १० जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।महोत्तरीकी चार वर्षीया बालिकाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पर्साका तीनजना ५३, ६० र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । काठमाडौंका दुईजना ३५ र ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी महोत्तरीका ३७ वर्षीय, सिराहाका ६५ वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको गौतमले जानकारी दिए ।गौतमका अनुसार संक्रमण भई मृत्यु हुने दर बढेर ०.५९ प्रतिशत पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.