कोरोना मिटर : संक्रमितकाे संख्या ४० हजार नाघ्यो, आज थप एक हजार ६९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभर थप एक हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १२ हजार ८८ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको थपसमेत हालसम्म संक्रमित हुनेको संख्या ४० हजार पाँच सय २९ पुगेको छ ।विगत २४ घन्टामा सात सय ६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार एक सय ७८ पुगेको छ ।

संक्रमित निको हुने दर ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सोमबार संक्रमणमुक्त हुने दर ५४ प्रतिशत थियो । हाल सक्रिय संक्रमितको संख्या १८ हजार एक सय १२ छ । त्यसमध्ये १० हजार आठ सय ३२ जना संस्थागत र सात हजार दुई सय ८० जना होम आइसोलेनमा बसेको गौतमले जानकारी दिए । संक्रमितमध्ये आइसियूमा एक सय २७ जना र भेन्टिलेटरमा १७ जनाकाे उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

पाँच सयभन्दा बढी संक्रमित भएको जिल्लाहरु
काेराेना संक्रमण बढ्दै जाँदा पाँच सयभन्दा बढी संक्रमित भएकाे जिल्ला एक दर्जन पुगेकाे छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, बारा, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छ ।

त्यसमध्ये चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । शुन्य संक्रमित जिल्लाहरु
त्यसैगरी सक्रिय संक्रमित नभएकाे जिल्ला पाँच वटा छन्र ।सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमित शुन्य भएकाे गाैतमले बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.