कोरोना मिटर : आज थप ११ सय २० जना संक्रमित, ११ सय १२ जना डिस्चार्ज

२४ घन्टाभित्र गरिएको परीक्षणमा देशभर थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा आठ सय पुरुष र तीन सय २० जना महिला छन् । बुधबार थप भएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ११ सय १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २३ हजार दुई सय ९० पुगेको छ ।संक्रमणमुक्त हुने दर ५६ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल सक्रिय संक्रमितकाे संख्या १८ हजार एक सय आठ छ । त्यसमध्ये १० हजार चार सय ९३ जना संस्थागत आइसोलेसन र ६ हजार सात सय ६६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये एक सय ४४ जनाको आइसियूमा र १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.