तिनाउ गाउँपालिकामा प्राविधिक शिक्षा संचालन गर्न महायज्ञ
पाल्पा, मंसिर ११ / तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा बुधवार बाट श्रीमद् भागवत ज्ञान महायज्ञ संचालन भएको छ । विद्यालयमा प्राविधिक शिक्षा संचालनका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष एवं तिनाउ–३, का वडा अध्यक्ष प्रेम पाण्डेले जानकारी बताए । ‘यस जिल्लामै पहिलो पटक १८ महिने अटोमोबाइल्स विषयको प्राविधिक शिक्षा निरन्तर संचालन गर्न महायज्ञको आयोजना गरेका हौं’, पाण्डेले भने, ‘पछिल्लो समय बढ्दै गएको शैक्षिक बेरोजगारलाई कम गर्न प्राविधिक धारको शिक्षा संचालन गर्न जरुरी छ ।’ महायज्ञ आफैमा पुण्यको काम भएको बताउँदै अझ त्यसमाथि शिक्षाको काम झनै पुन्यको काम भएकाले सबैलाई महायज्ञमा सहभागी हुन आग्रह उनले आग्रह गरे ।
महायज्ञमा वाचन प्रबिण पण्डित दीनबन्धु पोखरेल र ध्रुबशरण बस्यालले संगीतमय कथा वाचन गरेका छन । महायज्ञमा करिब ३० लाख खर्च हुने र डेढ करोडसम्म दान संकलन हुने अपेक्षा गरिएको छ । तिलोत्तमा माध्यमिक विद्यालयमा हाल २२ जना छात्रहरुले अटोमोबाइल्स विषयको अध्यनन् गरिरहेका छन् । यो विषय निरन्तर र दिगो रुपमा संचालन गर्नका लागि महायज्ञ आयोजना गरिएकोे विद्यालयका प्रधानाध्यापक झपेन्द्र प्रसाद ज्ञवालीले बताए ।
प्राविधिक शिक्षाका लागि ७ करोड ४१ लाखको गुरुयोजना बनिसकेको छ । त्यसका लागि भवन बनाउन र अन्य कार्यमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । महायज्ञ २०७६ मंसिर १८ गतेसम्म संचालन हुनेछ ।अटोमोवाइल प्राविधिक शिक्षा संचालनार्थ आयोजना गरिएको सप्ताहको ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले एक औपचारिक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ । महायज्ञको उद्घाटन गर्दै मन्त्री बरालले प्राविधिक शिक्षा संचालनका लागि जनस्तरबाट आर्थिक संकलन गरी संचालन गर्नु राम्रो भएको बताउदै, प्रदेश सरकारको सहयोग रहने जानकारी दिनुभयो । ५ नं. प्रदेशमा एउटा पनि एम.एस.सी. पढ्ने क्याम्पस नभएको स्मरण गर्दै मन्त्री बरालले नेपालगञ्जमा खोल्न लागिएको बताउनुभयो । ५ नं. प्रदेशमा विश्वविद्यालय संचालन गर्ने काम पनि अगाडी बढेको मन्त्री सुर्दशन बरालको भनाई थियो । महायज्ञ समुद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती लगायतले प्राविधिक शिक्षा अत्यान्त महत्वपूर्ण भएको बताउनुभयो । यहि मंसिरको ११ गते देखी १८ गते सम्म आयोजना गरिएको महायज्ञमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा वाचन गर्नुहुनेछ । तिनाउ गाउपालिका भित्रका आमा समूहहरु, सामुदायिक वन उपभोक्ता समूह, युवा क्लव, विद्यालयहरु लगायतका संघसंस्थाले प्राविधिक शिक्षा आजको आवश्यकता भन्दै ¥याली निकालेका थिए ।
यहि शैक्षिक सत्रदेखी प्राविधिक धारतर्फ सिटीइभिटीको संबन्धनमा अटोमोवाइल सम्बन्धी प्राविधिक शिक्षा विद्यालयले प्रारम्भ गरेको छ । २४ जना विद्यार्थीको कोटा मध्ये अहिले २२ जनाले अध्ययन सुरु गरेको बताइएको छ । वगनासकाली, रैनादेवी र तिनाउ गाउपालिकाका विद्यार्थीहरुले अहिले अध्ययन गरिरहेका छन् ।महायज्ञ उद्घाटन समारोह तिलोत्तमा माध्यमिक विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीको संचालन र महायज्ञ मूल आयोजक समिति संयोजक प्रेम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको थियो ।