बिहे नहुदै संगै बस्छन अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि
काठमाडौं । फिल्ममा काम गर्नेहरुलाइ कथामा जस्तै वास्तविक चक्करमा पनि देख्न सकिन्छ । यस्तै छ अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको जीवनमा पनि । यि दुइ जोडि लामो समयदेखि प्रेममा छन् । धेरै पहिले देखिनै लिभिङ टूगेदरमा रहेका यी दुई एक अर्कासंग खुशी देखिन्छन् । त्यसैले त सम्बन्धलाई बिहेमा परिणत गर्ने सोँचमा पुगिसकेका छन् । त्यसोत लभिङ टुगेदरमा धएकाहरुको बिहे भएन भने दुवैको जीवननै धरापमा पर्दछ । उहिरु सँग राजधानीमा भएको एक भेटमा सौगातले आफूहरु छिट्टै बिहे गर्ने सोँचमा पुगेको बताए । उनले भने, ‘हामीहरु एक अर्कासंग एकदमै खुशी छौ । अब छिट्टै बिहे गर्नुपर्छ भन्ने सोँच हो । उनले मुस्कुराउदै भने तर ठ्याक्कै कहिले भन्ने सोँचिसकेका छैनौं लगन जुराउनेले जु।ाएपछी भैहाल्छ नी ।’
केहरु महिना पहिला अर्थात दसैंअगाडी सौगात र सृष्टि दुबै जना यूके पुगेका थिए । सो समयमा सृष्टिको बुवा आमासँग बिहेको कुरा गर्न सौगातपनि यूके पुगेको चर्चा थियो । तर, सौगातले आफू भेटघाटका लागि मात्र यूके गएको बताए । उनले भने, –‘अहिले मात्र होइन ्। यसभन्दा अगाडी पनि गएको थिए । पहिला पनि सृष्टिको परिवारसंग भेटेको थिए । त्यहा जाने बितिmकै बिहेको लागि नै कुरा गर्न गएको भन्ने हल्लामा कुनै पनि सत्यता छैन ।’
आफूहरुको सम्बन्धमा सृष्टिको परिवार खुशी रहेको सौगातले बताए। ‘उहाँहरु सबैजना खुशी हुनुहुन्छ। बिहे कहिले गर्ने तिमिहरुले सोँच भन्नुभएको छ’– सौगातले सुनाए। यी दुई पर्दामा समेत एकसाथ देखिँदै आएका छन्। उनीहरुले अभिनय गरेको फिल्म ‘पोई पर्यो काले’ गत महिना प्रदर्शनमा आएको थियो। त्यस्तै यी दुईले एकसाथ काम गरेको फिल्म ‘मासु भात’प्रदर्शनमा आउन बाँकी छ। सौगातको नयाँ फिल्म ‘माछा माछा’ भने यही मंसिर २० गतेदेखि प्रदर्शनमा आउँदैछ । यस फिल्मको गीतमा पनि सौगात र सृष्टि आइटम नृत्य समावेश छ ।