मुख्य मन्त्री पोखरेल शनिवार पाल्पा आउदै
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल शनिवार पाल्पा आउनु हुने भएको छ । नेकपा पाल्पा प्रचार प्रसार तथा प्रकाशन बिभागद्वारा प्रकाशित सूर्य बुलेटिनको विमोचन तथा समसामयिक विषयमा अन्तक्रिया कार्यक्रमको लागी मुख्य मन्त्री पोखरेल पाल्पा सदरमुकाम तानसेन आउन लाग्नु भएको नेकपा पाल्पाका प्रचार बिभाग प्रमुख गुरांश आत्रेयले बताउनु भएको छ । दिनको ४ बजे व्हाईटलेकमा कार्यक्रम सञ्चालन हुने बताइएको छ ।