प्रदेश सरकारको भुमिका राम्रो बन्दै :मुख्य मन्त्री पोखरेल

पाल्पा, मंसिर १४,प्रदेश न ५ का मुख्यमन्त्री संकर पोखरेलले प्रदेशले गरेका कामको नतिजा राम्रो आउन लागेको बताएका छन । स्थानिय तहसंग प्रदेश सरकारको सामिप्यता बढेको बताउदै पोखरेलले ७ वटै प्रदेश मध्य बिकाश बजेटको खर्चमा पहिलो हुनु र देशकै आर्थिक बृद्धिदर ७.१ प्रतिशत हुँदा ५ न प्रदेशको ७.७ हुनु गौरवको बिषय भएको बताए । नेकपा पाल्पा प्रकाशन तथा प्रचार बिभागले प्रकाशन गरेको सुर्य बुलेटिनको शनिवार बिमोचन ग्रर्दै मुख्यमन्त्री पोखरेलले राजनितीक बुलेटिन भन्दा बिकाश बुलेटिन प्रकाशन गर्नु पर्नेमा जोड दिए । ‘अब जनताले देखिने गरी बिकाशको काम देख्न चाहन्छन’, मुख्यमन्त्री पोखरेलले भने,‘ त्यसैले राजनितकि बुलेटिन भन्दा बिकाश बुलेटिनमा बिकाशका कुरा लेखिनु पर्छ ।’

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सरकारले केन्द्र सरकार सँग कालिगण्डकी करिडोरलाइ सुनौली नाका सँग जोड्ने बिषयमा छलफल भैरहेको बताएका छन । ‘ पहाडि जिल्ला मध्य पाल्पाको बिकाश पर्यटन बाट चम्किन्छ । रानिमहलमा बाटोको लागि तिब्र गतिमा काम भैरहेको छ’ उनले भने, प्रदेश सरकारले गरेका कामहरुको नतिजा राम्रो आउन थालेको छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.