नारायणटोल विकास संस्थाले मनायो प्रथम साधारण सभा ,
पाल्पा ,नारायणटोल विकास संस्थाले साधारण सभा मनाएको छ । संस्थाले प्रथम साधारण सभा शनिबार तानसेनमा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले उद्घाटन गर्नुभएको हो ।सभाको उद्घाटन गर्दै नगर प्रमुख शाहीले नगरको विकासमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो कार्यक्रममा नेपाल रेडक्रस शोसाईटीका जिल्ला सभापति बुद्धिप्रसाद शर्मा, संस्थाका सल्लाहकार छत्रराज शाक्य, नारायण युवा क्लवका उपाध्यक्ष प्रविनराज शाक्य, तानपा २ का वडा अध्यक्ष बरुणप्रसाद रेग्मी, ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्य, वडा २ का सदस्य महेश्वरप्रसाद श्रेष्ठ, असन टोल विकास संस्थाका अध्यक्ष अनुजा बज्राचार्य, लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
सोही अवसरमा संस्थाले एसइईमा उत्कृष्ट अंक ल्याई उत्र्तिण हुने संस्थामा आवद्ध व्यक्तिका छोरा छोरीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष अनिषा शाक्यले संस्थाको आयव्याय प्रस्तुत गर्नुभएको यिो । संस्थाका अध्यक्ष अनुपमा बजा्रचार्यको अध्यक्षता, उपाध्यक्ष मायादेवी शाक्यको स्वागत, सचिव जुनु शाक्यको सञ्चालनमा कार्यक्रम भएको सुरेश बुद्धाचार्यले जानकारी दिनुभयो ।