गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने नया नियम
काठमाडौं अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरिएको हो ।
जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण भएको भन्दै ट्राफिक प्रहरीले अनिवार्य रुपमा जुत्ता लगाउन आग्रह गरेको थियो । योसहित १९ बुँदे प्रतिबद्धता व्यक्त भएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् ।