प्रेमसम्बन्धबारे चौतर्फी चर्चा चलेपछि, प्रिन्सी प्रिज्मासँगको तस्वीर शेयर गर्दै बलेले लेखे यस्तो स्टाटस
चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीका कलाकार सागर लम्साल क्षेत्री बले अहिले निकै चर्चामा छन् । हालै आफ्नी प्रेमिका सार्वजनिक गरेपछि उनको चर्चा निकै बढेको छ । टिकटकमा राम्रो फलॉर्स कमाएकी प्रिज्मा खतिवडा उनकी प्रेमिका हुन् । म्युजिक भिडियोमा एक साथ देखिदै आएका यी दुवै केहि समय बाट प्रेममा रहेका छन्।
केहि समयदेखी वैवाहिक बन्धनमा बाँधिने बताउदै आएका बलेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखि आफ्नो प्रेमीका सार्वजनिक गरेका हुन् । उनले प्रेमीका सार्वजनिक गरे लगत्तै उनको चर्चा निकै बढेको छ । यसैक्रममा बुधबार सागर लम्साल, बलेले आफ्नो फेसबुकमा एक स्टाटस लेखेकका छन् ।